खुलामुखी योजना सञ्चालनका लागि सानिमा क्यापिटलले पायो अनुमति, १० करोड इकाई निष्कासन गर्ने

Share News

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडलाई खुला मुखी योजना सञ्चालनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति दिएको छ ।

बोर्डले माघ २ गते क्यापिटललाई सानिमा फ्लेक्सी फण्ड नामक खुलामुखी सामूहिक लगानी योजना सञ्चालनका लागि अनुमति प्रदान गरेको हो ।

उक्त योजना सञ्चालनका लागि क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन गर्नेछ ।

यी इकाई निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारीसमेत सानिमा क्यापिटल लिमिटेडले नै पूरा गर्नेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।