प्रभु महालक्ष्मी लाइफले विक्रीमा ल्यायो १ लाख ५३ हजारभन्दा बढी कित्ता संस्थापक शेयर

Share News

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चार संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ५३ हजार ४०२ कित्ता शेयर लिलामीमा ल्याएको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्ने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्रीमा आउनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।