काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ अर्ब ५ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको उक्त अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष खुद नाफा ४९ दशमलव ५१ प्रतिशत बढी भएको हो । यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा २ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी कायम छ । गत वर्ष यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा १ अर्ब ७ करोड रुपैयाँभन्दा बढी ऋणात्मक थियो ।
यस वर्ष इम्पेरमेन्ट चार्ज वापत्को रकम २ अर्ब २० करोड रुपैयाँ रहेको छ । यो रकम गत वर्ष ४ अर्ब १३ करोड रुपैयाँभन्दा बढी थियो ।
३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोषमा २३ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी कायम छ ।
कम्पनीले दोस्रो त्रैमाससम्म ५ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ४ खर्ब ७ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा गत वर्ष ४ दशमलव ६८ प्रतिशत रहेकोमा यस वर्ष ४ दशमलव ८६ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३१ पैसादेखि बढेर १६ रुपैयाँ २ पैसा कायम भएको कम्पनीको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ५८ पैसा कायम भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।