दोस्रो त्रैमाससम्म स्ट्याण्डर्ड चार्टर्ड बैंकले कमायो १ अर्ब ६४ करोडभन्दा बढी, प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ६२ पैसा

Share News

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमाससिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार बैंकले दोस्रो त्रैमाससम्ममा रू. १ अर्ब ६४ करोड नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ४ दशमलव ९६ प्रतिशत कमी हो । सो अवधिमा बैंकले रू. १ अर्ब ७२ करोड नाफा कमाएको थियो ।

चालू आवमा बैंकको सञ्चालन नाफा र खुद ब्याज आम्दानी घटेकाले नाफा घटेको हो । सञ्चालन नाफा गत वर्षको तुलनामा यस वर्ष ४ दशमलव ९७ प्रतिशत र खुद ब्याज आम्दानी १७ दशमलव ४४ प्रतिशत कमी आएको छ । 

सञ्चालन नाफा गत वर्ष रू. २ अर्ब ४७ करोड रहेकोमा यस वर्ष रू. २ अर्ब ३४ करोड कायम भएको छ । त्यस्तै खुद ब्याज आम्दानी गत वर्ष रू. २ अर्ब २६ करोड रहेकोमा यस वर्ष रू. २ अर्ब १७ करोडमा झरेको छ । 

दोस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ६७ पैसा, मूल्य आम्दानी अनुपात २० दशमलव ५ गुणा र प्रतिशेयर नेटवर्थ रू. २०२ दशमलव ९७ रहेको छ । 

बैंकको चुक्ता पूँजी रू. १० अर्ब ४ करोड छ । बैंकले जगेडामा रू. ९ अर्ब २० करोड र रिटेन्ड अर्निङमा रू. १ अर्ब १३ करोड सञ्चिति गरेको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।