माघ २४ गतेदेखि नयाँ योजनाको इकाई निष्कासन गर्दै एनएमबि क्यापिटल

प्रतीकात्मक तस्वीर ।

Share News

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले थप एक नयाँ सामूहिक लगानीकोष योजना सञ्चालनका लागि तयारी थालेको छ ।

क्यापिटलले एनएमबि हाईब्रिड फण्ड एल–२ नामक योजना सञ्चालनका लागि माघ २४ गतेदेखि इकाई निष्कासन गर्न लागेको हो । क्यापिटलले एनएमबि म्युचुअल फण्डअन्तर्गत यो योजना सञ्चालन गर्न लागेको हो ।

१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना सञ्चालनका लागि क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्कासन गर्न लागेको हो । प्रतिइकाई १० रुपैयाँ अंंकित मूल्यमा यी इकाई निष्कासनमा आउन लागेको हो । 

१२ करोड इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रवर्द्धक एनएमबि बैंकलाई र १ प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । यी बाहेक बाँकी रहेको १० करोड २० लाख इकाई भने सार्वजनिक निष्कासनमा आउन लागेको हो ।

यो इकाई निष्कासन अवधि छिटोमा माघ २८ गतेसम्म तोकिएको छ । छिटो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि फागुन ८ गतेसम्म विक्री लम्बिन सक्ने जानकारी योजना व्यवस्थापकले दिएको छ । आवेदन दिँदा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म माग गर्न सकिनेछ ।

निष्कासन तथा विक्री प्रबन्धकको रूपमा रहेको एनएमबि क्यापिटल र आस्बा सेवा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।