सप्तकोशी डेभलपमेन्ट बैंकको नोक्सानी घट्यो

Share News

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण बैंकको नोक्सानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेको छ । गत वर्ष बैंकले रू. ११ करोड ९१ लाख नोक्सानीमा रहेकोमा यस वर्ष रू. २ करोड ९९ लाखमा झरेको छ । 

चालू आवको दोस्रो त्रैमाससम्म रू. २ करोड ९९ लाख सञ्चालन घाटामा छ । खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा बढेको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी रू. ६ करोड ९५ लाख रहेकोमा चालू आवमा बढेर रू. १० करोड ९६ लाख पुगेको छ । 

त्यस्तै प्रतिशेयर आम्दानी ७ रुपैयाँ १७ पैसा ऋणात्मक र प्रतिशेयर नेटवर्थ ७६ रुपैयाँ ९३ पैसा छ । चुक्तापूँजी रू. ८३ करोड ४३ लाख रहेको कम्पनीले जगेडामा रू. २८ करोड ३५ लाख सञ्चिति गरेको छ । रिटेन्ड अर्निङ भने रू. ४७ करोड ६० लाख ऋणात्मक रहेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।