लिवर्टी इनर्जीको अवितरित हकप्रद शेयरमा बोलपत्र पेश गर्ने अन्तिम दिन आज

Share News

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले माघ २ गतेदेखि लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले यसअघि ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा वितरण हुन नसकेको ८ लाख २६ हजार ५७४ कित्ता हकप्रद शेयर लिलामीमा ल्याएको हो । कम्पनीले सर्वसाधारण समूहको उल्लेखित कित्ता शेयर भने विक्री हुन नसकेको हो ।

यी शेयर खरीदका लागि इच्छुक लगानीकर्ताले माघ ९ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने व्यवस्था छ । कम्पनीले शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ ।

आवेदकहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सीमाका लागि कुनै हद तोकिएको छैन । यी शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले विक्री प्रबन्धकका साथै प्रभु बैंकका विराटनगर, वीरगंज, जाउलाखेल, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम प्राप्त गर्न पेश गर्न सक्नेछन् ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ छ । ५० प्रतिशत हकप्रद शेयरमध्ये लिलामीमा आएको सम्पूर्ण कित्ता शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब २५ करोड रुपैयाँ कायम हुनेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।