कुमारी इक्वीटी फण्डको नाफा २ करोडभन्दा बढीले घट्यो

Share News

काठमाडौं । कुमारी सामूहिक लगानीकोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डले पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त वित्तीय विवरणअनुसार योजनाको नाफा मंसिर मसान्तसम्मको तुलनामा पुस मसान्तसम्ममा २ करोड २३ लाखभन्दा बढीले घटेको छ । मंसिर मसान्तसम्म ६ करोड ६३ लाख रुपैयाँभन्दा बढी नाफामा रहेको योजना पुस मसान्तसम्म भने ४ करोड ४० लाख रुपैयाँभन्दा बढी मात्र नाफामा रहेको हो । 

यो महिना जम्मा आम्दानी घटेको र खर्च बढेकाले योजनाको नाफा घट्न पुगेको हो । मंसिर मसान्तसम्म ७ करोड ४८ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले ८५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको थियो । पुस मसान्तसम्म भने योजनाको आम्दानी ५ करोड ४० लाख रुपैयाँभन्दा बढी भएको छ भने जम्मा खर्च १ करोड रुपैयाँभन्दा बढी भएको छ । 

बन्दमुखी प्रकृतिको १० वर्षे अवधिको यस योजनाले १० करोड इकाई २०७७ चैतमा जारी गरेको थियो । 

पुस मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य भने १० रुपैयाँ ४५ पैसा कायम छ । 

धितोपत्र बजारमा लगानी गरी नाफा कमाउने उद्देश्यले सञ्चालित यस योजनाले पुस मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परल मूल्य १ अर्ब ५ करोड ३६ लाख रुपैयाँभन्दा बढी छ । 

बैंक मुद्दती निक्षेपमा लगानी नभएको योजनाको धितोपत्रमा भएको लगानीको बजार मूल्य भने ९९ करोड ८९ लाख ६४ हजार रुपैयाँभन्दा बढी मात्र रहेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।