पुस महीनामा १३ करोड ८६ लाख भन्दा बढी कित्ता धितोपत्र थपियो

Share News

काठमाडौं । पुस महीनामा नेपाल स्टक एक्सचेन्जमा १३ करोड ८६ लाख ९३ हजार ५१७ दशमलव ८० कित्ता धितोपत्र थपिएको छ ।

नेप्सेले सार्वजनिक गरेको मासिक तथ्याङ्कले यस्तो देखाएको हो । 

जसमध्ये मुक्तिनाथ म्युचुअल फण्ड १ को १ करोड २५ लाख इकाई रहेको छ ।  

त्यस्तै सिटिजन्स बैंकको ५६ लाख ८० हजार ३८९ कित्ता बोनस शेयर , प्रभु महालक्ष्मी लाइफको ४२ लाख ९६ हजार कित्ता, हाथवे इन्भेष्टमेण्ट नेपालको २५ लाख ७४ हजार कित्ता , आशा लघुवित्तको ९ लाख १४ हजार ३०३ कित्ता , भगवती हाइड्रोपावरको २ लाख २८ हजार ८२६ कित्ता बोनस शेयर गरेर कुल १३ करोड ८६ लाख ९३ हजार ५१७ दशमलव ८० कित्ता शेयर सूचीकृत भएको हो । 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।