विशेष साधारण सभाबाट आईपीओ निष्कासनको प्रस्ताव स्वीकृत गराउँदै श्रीनगर एग्रीटेक इन्डष्ट्रिज

Share News

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले माघ ३० गते विशेष साधारण सभा आह्वान गरेको छ । 

माघ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रूपन्देहीको बुटवलस्थित होटल डेनोभोमा बिहान १०ः३० बजे विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले सर्वसाधारणमा प्रिमियम वा अंकित मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव सभामार्फत पारित गर्नेछ । 

आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।