तीन दिनपछि बढ्यो नेप्से, समूहगत सूचकमा छायो हरियाली

Share News

काठमाडौं । बिहीवारयता लगातार तीन कारोबार दिन घटेको नेप्से परिसूचक मंगलवार (आज) बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २४.५० अंकले बढेको हो । यससँगै नेप्से २ हजार ६५७.७७ विन्दुमा पुगेको छ । 

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४० करोडको कारोबार भएको छ । 

यस दिन १७७ कम्पनीको मूल्य बढेको छ भने ६० ओटाको घटेको छ । यस्तै ६ ओटाको स्थिर रहेको छ । 

आज चारओटा कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ, जसमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, सिकलेस हाइड्रोपावर लिमिटेड, थ्रीस्टार हाइड्रोपावर लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेड छन् । 

यस्तै, न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।  

आज दोल्ती पावर कम्पनी लिमिटेडको शेयर मूल्य सर्वाधिक ८.४३ प्रतिशत घटेको छ । त्यस्तै, सप्तकोशी विकास बैंकको शेयर मूल्य ४.६३ प्रतिशतले, एनआईसी एशिया ब्यालेन्स्ड फण्डको शेयरको मूल्य ३.९० प्रतिशतले घटेको छ ।

आज १३ ओटै समूहगत सूचक बढेका छन् । तीमध्ये विकास बैंकको सूचक सबैभन्दा बढी ४.०७ प्रतिशत बढेको छ । 

त्यस्तै, वित्तको १.८८, अन्यको १.७४, जलविद्युत्को १.४९, उत्पादन तथा प्रशोधनको १.२३, लगानीको १.०३, होटल तथा पर्यटनको ०.६८, लघुवित्तको ०.४८, निर्जीवन बीमाको ०.२८, व्यापारको ०.२४, बैंकिङको ०.२२, म्युचुअल फण्डको ०.१२ र जीवन बीमाको सूचक ०.०८ प्रतिशतले वृद्धि भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।