६४ जना यात्रु बोकेको अमेरिकन एयरलाइन्सको विमान आर्मीको हेलिकप्टरसँग ठोक्कियो

तस्वीर-एएफपी ।

Share News

वासिङ्टन डिसी (अमेरिका) । अमेरिकाको वासिङ्टन डिसी बाहिर रेगन राष्ट्रिय विमानस्थल नजिकै ६४ जना यात्रु बोकेको यात्रुवाहक विमान अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग आकाशमा ठोक्किएको विमान संघीय उड्डयन प्रशासन र रक्षा अधिकारीहरूले बताएका छन्।

स्थानीय महानगरीय प्रहरी विभागका अनुसार अहिलेसम्म कुनै हताहती भएको पुष्टि भएको छैन । डिसीको पोटोम्याक रिभरमा यात्रुवाहक विमान र हेलिकप्टर एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

६० जना यात्रु र चालक दलका चार सदस्य रहेको अमेरिकन एयरलाइन्सको फ्लाइट ५३४२ विमान कन्सासको विचिटाबाट उडेको थियो ।

भर्जिनियाको फोर्ट बेलभोइरबाट निस्केको हेलिकप्टरमा तीन जना सैनिक सवार रहेको एक अमेरिकी रक्षा अधिकारीले जानकारी दिएका छन् । रेगन राष्ट्रिय विमानस्थलमा सबै उडान र अवतरण रोकिएको छ । एजेन्सी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।