नेष्डो समृद्ध लघुवित्तको १७ लाख ३४ हजार कित्ता शेयरको 'लक-इन' फागुन २३ गतेपछि सकिने

Share News

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ लाख ३४ हजार कित्ता शेयरको 'लक-इन' फागुन २३ गतेपछि सकिने भएको छ । 

पछिल्लो समय नेपाल धितोपत्र बोर्डले शेयरको 'लक-इन' अवधि सकिनु एक महीनाअघि सार्वजनिक रूपमा सूचना जारी गर्नुपर्ने व्यवस्था गरेपछि कम्पनीले एक महीनाअघि सूचना जारी गरेको हो । 

कम्पनीको संस्थापकतर्फको १७ लाख २१ हजार २५० कित्ता र कर्मचारीतर्फको १२ हजार ७५० कित्ता शेयर 'लक-इन'मा थियो । 

कम्पनीले सर्वसाधारणमा २०७८ फागुन ११ देखि १५ गतेसम्म आईपीओ निष्कासन गरी फागुन २४ गते बाँडफाँट गरेको थियो । सर्वसाधारणमा बाँडफाँट भएको मितिबाट संस्थापक र कर्मचारीतर्फको शेयर ३ वर्षसम्म 'लक-इन' अवधिमा थियो । 

'लक-इन' अवधि समाप्त भएपछि कम्पनीको यी शेयर कारोबार गर्न सकिनेछ । कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।