सिटिजन्स म्युचुअल फण्ड १ फागुन १९ गते परिपक्व हुँदै

Share News

काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ आगामी फागुन १९ गते परिपक्व हुने भएको छ । कम्पनीले सूचना जारी गर्दै योजना परिपक्वपश्चात खारेजी प्रक्रियामा जाने जानकारी दिएको हो । 

यस योजना सञ्चालनका लागि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य ८ करोड २० लाख इकाई जारी गरिएको थियो । 

सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना परिपक्व हुनु एक महीनाअघि सूचीकृत धितोपत्र खारेजीका लागि एक महीना अगाडी धितोपत्र बजारमा निवेदन दिनुपर्ने व्यवस्थाबमोजिम योजना व्यवस्थापकलाई निवेदन दिएको हो । 

योजना परिपक्वपश्चात सूचीकरण खारेज गर्न पनि योजना व्यवस्थापकले दोस्रो बजार सञ्चालक नेप्सेलाई भनेको छ । यो योजना २०७४ फागुन २० गतेदेखि सञ्चालनमा छ । 

पुस मसान्तसम्म योजना प्रतिइकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ १७ पैसा छ । यस अवधिसम्म योजना ९ करोड २४ लाख रुपैयाँभन्दा बढी नाफामा छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।