सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले प्रस्ताव गर्‍यो ३० प्रतिशत नगद लाभांश

Share News

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल ३० प्रतिशत (करसमेत) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

माघ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँका आधारमा ८४ करोड १९ लाख ६४ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश स्वीकृतिका लागि कम्पनीले नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय समेत गरेको छ । 

प्रस्तावित लाभांश प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । यस वर्ष कम्पनीले गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष अघिल्लो आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कम्पनीले करसमेत ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।