दिल्ली विधानसभा चुनाव: प्रारम्भिक नतिजामा भाजपा ३८ र आम आदमी पार्टी २५ सिटमा अग्रता

Share News

दिल्ली । दिल्ली विधानसभा चुनावमा मतगणना शुरू भएको छ । ७०  प्रारम्भिक नतिजामा भारतीय जनता पार्टी (भाजपा) ३८ सिटमा अग्रता लिएको छ । भने आम आदमी पार्टी २५ सिटमा अगाडि देखिएको छ। कांग्रेस १ सिटमा अग्रस्थानमा छ। ७० सिटका लागि भएको चुनावमा बहुमतका लागि ३६ सिट आवस्यक पर्छ ।

नयाँ दिल्ली सिटबाट आम आदमी पार्टीका अरविन्द केजरीवाल पनि पछाडी छन् ।  त्यसबाहेक चर्चित अनुहार कालकाजी सिटबाट आतिशी, जंगपुराबाट मनीष सिसोदिया, र पटपड़गंजबाट अवध ओझा पछाडि परिरहेका छन्।

दिल्लीमा फेब्रुअरी ५ मा भएको निर्वाचनमा ६०.५४% मतदान भएको थियो । आज दिउँसो १२ बजेसम्म दिल्लीमा कसको सरकार बन्छ भन्ने प्रष्ट हुनेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।