लगातार चार कारोबार दिन घटेर नेप्से पुनः २७ सय विन्दु तल झर्‍यो

Share News

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार पनि नेप्से ११ दशमलव ४९ अंक घटेर बन्द भएको छ । नेप्से २ हजार ६८८ दशमलव ३१ विन्दुमा झरेको हो ।

आजको कारोबार संगै नेप्से लगातार चार कारोबार दिन घटेको छ । चार कारोबार दिनमा ४१ दशमलव ६६ अंक घटेको छ । बजार घट्दा कारोबार रकम समेत घटेको छ । अघिल्लो कारोबार दिन रू. ९ अर्ब २४ करोड बराबरको कारोबार भएकोमा आज रू. ८ अर्ब ३९ करोड बराबरको कारोबार भएको हो । यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ४९ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ४५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४६ प्रतिशत घटेको छ । 

३०५ धितोपत्रको १ कोड ५८ लाख ५५ हजार ६१० कित्ता शेयर ८४ हजार २८० पटकमा रू. ८ अर्ब ३९ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सेन्ट्रल फाइनान्सको शेयर मूल्य प्रतिकित्ता रू. ६७३ दशमलव २० र गार्डियन माइक्रो लाइफको रू. ३३१ दशमलव १० पुगेको छ । यस गार्डियन माइक्रो लाइफ धितोपत्रको दोस्रो बजारमा आज देखि कारोबारबारमा आएको हो । 

आइतवार सप्तकोशी डेभलपमेन्ट बैंकका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ६ दशलमव ५२ प्रतिशत घटेसँगै धेरै  गुमाएका हुन । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार १०६ मा झरेको छ । त्यस्तै दोस्रोमा सिन्धु विकास बैंकको शेयर मूल्य ५ दशमलव ६१ प्रतिशत घटेर रू. १ हजार २४ दशमलव १० कायम भएको छ । 

सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ओगटेको छ । यस कम्पनीको रू. ३१ करोड १६ लाख बराबरको शेयर कारोबार भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ३४४ दशमलव १० कायम भएको छ । सर्वाधिक शेयर खरीद विक्री हुने दोस्रोमा सिईडिबी होल्डिङ्गसको रू. ३० करोड ६२ लाख बराबरको भएको छ । 

कारोबारमा आएका १३ समूहगत सूचकहरु मध्ये चार समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको हो । धेरै बढ्नेमा ब्यापार समूहको सूचक १ दशलमव ३९ प्रतिशत वृद्धि भएको छ भने सबैभन्दा बढी विकास बैंक समूहको सूचक १ दशमलव ३५ प्रतिशत घटेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।