तीन कम्पनीको १ करोड भन्दा बढी कित्ता बोनस शेयर सूचीकृत

Share News

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा तीन कम्पनीको कुल १ करोड २ लाख १० हजार ४८९ दशमलव १८ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

सोल्टी होटलको ९२ लाख ९० हजार ८९९ कित्ता, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ६ लाख ११ हजार ६०५ दशमलव ८५ कित्ता र मन्दाकिनी हाइड्रोपावरको ३ लाख ७ हजार ९८४ दशमलव ३३ कित्ता गरेर कुल १ करोड २ लाख १० हजार ४८९ दशमलव १८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धित शेयरधनी हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । 

मन्दाकिनी हाइड्रोपावरले मङ्सिर ७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव २७ प्रतिशत नगद लाभांश पारित गरेको थियो । त्यस्तै सोल्टी होटलले पुस ४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरले पुस १२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव २७ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।