हिमालयन डिष्टिलरीको नाफा १४७ प्रतिशत वृद्धि , अन्य सूचक कस्ता  ?

Share News

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४७ प्रतिशत वृद्धि भएको छ । 
गत आवमा कम्पनीले रू. १६ करोड ३६ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ४० करोड ४९ लाख पुगेको छ । चालू आवमा कम्पनीको बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । 

गत आवको तुलनामा चालू आवमा  कम्पनीको बिक्री आम्दानी ५९ दशमलव ६९ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको विक्री आम्दानी रू.१ अर्ब ८९ करोड रहेकोमा चालू आवमा बढेर रू. ३ अर्ब ३ करोड २२ पुगेको छ । 
त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा १३१ दशमलव ९७ प्रतिशत बढेको छ ।  गत आवमा कम्पनीको सञ्चालन नाफा रू. २३ करोड ४ लाख रहेकोमा चालू आवमा बढेर रू. ९१ करोड १४ लाख पुगेको छ । कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ७ दशमलव ३६ प्रतिशत घटेको छ । 

नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ६५ पैसा रहेकोमा चालू आवमा बढेर 
२६ रुपैयाँ ८८ पैसा पगेको छ ।

दोस्रो त्रैमाससम्ममा  कम्पनीको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.८७ गुणा रहेको छ । 
रू. ३ अर्ब ७ करोड ३४ लाख  चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा रू. ५५ करोड ३३ लाख सञ्चित छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।