दोस्रो त्रैमासमा बलेफी हाइड्रोपावरको नोक्सानी बढ्यो

Share News

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवमा बढेको छ । गत आवमा कम्पनी रू. १६ करोड ७२ लाख नोक्सानीमा रहेकोमा चालू आवमा बढेर रू. १८ करोड १४ लाख पुगेको छ ।

चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानी घटेकाले नोक्सानी बढेको हो । गत आवमा कम्पनीले विद्युत विक्रीबाट रू. ४९ करोड ४७ लाख आम्दानी गरेकोमा चालू आवमा उक्त रकम घटेर रू. ३९ करोड ७३ लाखमा झरेको छ । 

कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ४७ करोड छ । कम्पनीको जगेडा कोष भने रू. १ अर्ब ६ करोड ऋणात्मक छ ।  

गत आवको दोस्रो त्रैमासमा कम्पनीको जगेडा कोष रू. ६० करोड २९ लाख ऋणात्मक थियो । कम्पनी घाटामा रहेसँगै प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७६ पैसा ऋणात्मक र प्रतिशेयर नेटवर्थ ६९ रुपैयाँ ३९ पैसा छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।