इम्पेयरमेन्ट चार्ज बढेसँगै समता घरेलु लघुवित्त नोक्सानीमा

Share News

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ५६ लाख नोक्सानीमा रहेको छ । गत आवमा कम्पनीले रू. १ करोड ३९ लाख नाफामा थियो । चालू आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेकाले नोक्सानीमा गएको हो । गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. १२ लाख ३८ हजार रहेकोमा चालू आवमा बढेर रू. ३ करोड ९३ लाख पुगेको छ ।

कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा २६ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ८ करोड ९६ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ११ करोड ३८ लाख पुगेको छ । 

चालू आवमा कम्पनी घाटामा भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६२ पैसा ऋणात्मक रहेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५३ पैसा रहेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ८९ पैसा छ । 

कम्पनीको चुक्तापूँजी रू. ५९ करोड ९० लाख छ । कम्पनीले जगेडामा रू. १३ करोड ४५ लाख र रिटेन्ड अर्निङमा रू.२ करोड ५ लाख सञ्चिति गरेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।