नेपाल फाईनान्सको १० लाख ९० हजारभन्दा बढी अवितरित हकप्रद शेयर आजबाट लिलामीमा

Share News

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले १० लाख ९० हजार ३७१ दशमलव १८७ कित्ता अवितरित हकप्रद शेयर आज (बिहीवार)देखि लिलामीमा ल्याएको छ ।

कम्पनीले संस्थापकतर्फको उल्लेखित कित्ता अवितरित हकप्रद शेयर चैत ८ गतेसम्म बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा ल्याएको हो । यसअघि कम्पनीले हकप्रद शेयर निष्कासन गर्दा यी शेयरमा आवेदन नपरेको जानकारी कम्पनीले दिएको छ ।

प्रतिकित्ता १०० रुपैयाँ तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ ।

न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्दै आवेदन दिनुपर्ने व्यवस्था छ । यी शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।