लिवर्टी इनर्जीको ७५ लाख कित्ता हकप्रद शेयर सूचीकृत

Share News

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शुक्रवार लिवर्टी इनर्जी कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको ७५ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाइनेछ ।  

कम्पनीले गत मंसिर १६ गतेदेखि पुस ७ गतेसम्म निष्कासन गरेको ५० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।