समृद्धि फाइनान्सको ६ लाख ८५ हजार १३६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

Share News

काठमाडौं । समृद्धि फाइनान्सको ६ लाख ८५ हजार १३६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ । 

कम्पनीले परिवर्तित शेयर फागुन ४ गते अभिलेख गराएको हो । कम्पनीको कुल सूचीकृत ८१ लाख ८९ हजार ११४ कित्ता शेयरमध्ये उल्लेखित कित्ता शेयर सर्वसाधारणमा परिणत भएको हो । 

कम्पनीले संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम भएको हो । कुल कित्ता शेयरमध्ये संस्थापकतर्फ ४१ लाख ७६ हजार ४४८ कित्ता र सर्वसाधारणतर्फ ४० लाख १२ हजार ६६६ कित्ता कायम भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।