क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको साधारण सभा स्थगित

Share News

काठमाडौंं । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको साधारण सभा स्थगित भएको छ । कम्पनीले फागुन ५ गते विगत १३ आर्थिक वर्षको संयुक्त साधारण सभा बोलाएको थियो । माघ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गोल्फुटार, काठमाडौंमा बिहान ९ बजे सभा गर्ने निर्णय गरेको थियो ।

उच्च अदालत पाटनले वार्षिक साधारण सभा अर्को सूचना जारी नभएसम्मका लागि नगर्न अल्पकालीन आदेश भएबमोजिम कम्पनीले तत्कालका लागि सभा स्थगित गरेको हो । कम्पनीविरुद्ध उच्च अदालत पाटनमा रिट परेको जानकारी समेत कम्पनीले दिएको छ । 

सभाले आथिक वर्ष ०६७/६८ देखि ०७९/८० सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको यो कम्पनीले घोषणा पश्चात् सञ्चालक समितिमा भएको हेरफेर तथा नयाँ गठित सञ्चालक समितिले तत्कालित अवस्थामा गरेका काम कारबाहीलाई पनि सभाले अनुमोदन गर्ने कार्यक्रम सभाका लागि तय भएको थियो ।

आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय र संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सर्वसाधारणबाट प्रतिनिधित्व हुने २ जना गरी पाँच जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको थियो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २२ गते एक दिन बुक गरिसकेको छ । बुक क्लोजको आधारमा माघ २१ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य भएका छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।