संस्थापकले नकिनेपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २ लाखभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

Share News

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २ लाख २१ हजार ६५० कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । विद्यमान संस्थापक शेयरधनीहरूले नकिनेपछि कम्पनीले उक्त शेयर सर्वसाधारणका लागि जारी गरेको हो । 

कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि प्राथमिकतामा राखी ३५ दिने सूचना जारी गरेको थियो ।

सो अवधिमा विक्री नभएको यी शेयर खरीदका लागि इच्छुक खरीदकर्ताहरूले आगामी सात दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

कम्पनीले संस्थापक शेयरधनी माउण्टेन इन्फ्रा कम्पनीको स्वामित्वमा रहेको यी शेयर विक्री गर्न लागेको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।