एनएलजी इन्स्योरेन्सको लिलामी शेयर बाँडफाँट, आइतवारदेखि रकम फिर्ता

Share News

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत माघ २० देखि २७ गतेसम्म लिलाम प्रक्रियाद्वारा खरीद आह्वान गरेको शेयर बाँडफाँट गरेकोे छ ।

कम्पनीले हकप्रद शेयर विक्री गर्दा बाँकी रहेको ३ लाख २० हजार ५३३ दशमलव २२ कित्ता शेयर लिलाम विक्रीमा राखेको थियो ।

विक्री अवधिभर प्राप्त शिलबन्दी बोलपत्रहरू फागुन ८ गतेका दिन निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले खोलेर शेयर बाँडफाँट गरेको जनाएको छ ।

शेयर बाँडफाँटमा नपरेकाहरूको रकम यही फागुन ११ गतेदेखि आवेदकको खातामा आईपीएसमार्फत फिर्ता गरिने समेत कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।