यो साता १ खर्बभन्दा बढीले वृद्धि भयो धितोपत्र दोस्रो बजारको पूँजीकरण

प्रतीकात्मक तस्वीर ।

Share News

काठमाडौं । यो साताको कारोबारमा धितोपत्र दोस्रो बजार २ हजार ७४३ दशमलव ७४ विन्दुमा पुगेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ६७८ दशमलव ४७ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ दशमलव ४४ प्रतिशत अर्थात् ६५ दशमलव २७ अंकले बढेको हो ।

यो साता चार दिन सञ्चालन भएको बजार सबै दिन बढेको छ । पहिलो कारोबार दिन १९९ दशमलव ५६ अंक, दोस्रो दिन २९ दशमलव ८७ अंक, तेस्रो दिन १२ दशमलव ६८ अंक र चौथो दिन ३ दशमलव १४ अंकले बजार बढेको हो । 

लामो समयदेखिको वित्तीय प्रणालीमा रहेको पर्याप्त तरलता र घट्दो निक्षेपको ब्याजदरको प्रभाव यतिबेला धितोपत्र दोस्रो बजारमा सकारात्मक रूपमा देखिएको छ । यो साता लगानकर्ता केही उत्साहित बनेको ब्रोकरहरूले बताएका छन् । 

यो साता ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ८० प्रतिशत बढेर ४५७ दशमलव ९८ विन्दुमा पुगेर बन्द भएको छ ।

यो साता बजार बढे पनि कुल कारोबार रकम र कित्ता भने घटेको छ । तर औसतमा कारोबार रकम र कित्ता बढेको छ । नेप्सेका अनुसार गत साता ३९ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको ७ करोड ५६ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता ३८ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको ७ करोड २९ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । 

गत साताभन्दा यो साता कुल कारोबार रकम ६५ करोड ९६ लाख रुपैयाँभन्दा बढीले र कुल कारोबार कित्ता २७ लाख ३० हजारभन्दा बढीले घटेको हो ।

यो साता औसत कारोबार रकम १ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीले र कारोबार कित्ता ३१ लाखभन्दा बढीले वृद्धि भएको छ । गत साता औसतमा ७ अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको १ करोड ५१ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता औसतमा ९ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको १ करोड ८२ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । 

बजार बढ्दा दोस्रो बजारको सम्पत्ति मूल्य २ दशमलव ४४ प्रतिशतले बढेको छ । गत साताको तुलनामा यो साताको कारोबारमा कुल बजार पूँजीकरण १ खर्ब ८ अर्ब ३५ करोड ४० लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको हो । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ४६ अर्ब ४६ करोड ११ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ४५ खर्ब ५४ अर्ब ८१ करोड ५१ लाख रुपैयाँ कायम भएको हो । 

सातागत परिसूचकको तुलना

विवरण यो साता गत साता फरक फरक प्रतिशत
नेप्से परिसूचक (अंक) 2,743.74 2,678.47 65.27 2.44
सेन्सेटिभ इन्डेक्स (अंक) 457.98 449.88 8.1 1.8
कारोबार रकम (रू. हजारमा) 38,584,656.91 39,244,322.17 -659,665.26 -1.68
कारोबार कित्ता 72,932,916 75,663,344 -2,730,428 -3.61
औसत कारोबार रकम (रू. हजारमा) 9,646,164.23 7,848,864.43 1,797,299.79 22.9
औसत कारोबार कित्ता 18,233,229 15,132,669 3,100,560 20.49
कुल बजार पूँजीकरण (रू. दश लाखमा) 4,554,815.15 4,446,461.10 108,354.05 2.44

स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) 

विकास बैंकले सर्वाधिक गुमाउँदा अन्य समूहले सर्वाधिक कमाए 

यो साताको कारोबारमा समग्र धितोपत्र दोस्रो बजारको कारोबार मापक नेप्से परिसूचक बढे पनि तीन समूहगत परिसूचक भने घटेको देखिन्छ । यो साता विकास बैंक समूहको परिसूचक सर्वाधिक १ दशमलव ८५ प्रतिशतले घटेको हो भने जलविद्युतको शून्य दशमलव ५१ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शून्य ५ प्रतिशत घटेको नेप्सेको तथ्याङ्कले देखाउँछ । 

यो साता परिसूचकमा आएको वृद्धिका आधारमा अन्य समूहको परिसूचक सर्वाधिक बढेको छ । अन्य समूहको परिसूचक ७ दशमलव २४ प्रतिशत बढेको हो । 

त्यस्तै जीवन बीमा समूहको परिसूचक सर्वाधिक दोस्रो नम्बरमा ५ दशमलव ५५ प्रतिशत बढेको छ । त्यसैगरी लघुवित्तको ३ दशमलव २२ प्रतिशत, व्यापारिकको ३ दशमलव १४ प्रतिशत, होटल तथा पर्यटनको २ दशमलव ८८ प्रतिशत, बैंकिङको २ दशमलव ८३ प्रतिशत, वित्तको २ दशमलव ३८ प्रतिशत, लगानीको २ दशमलव २६ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ८९ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव शून्य ६ प्रतिशत परिसूचक बढेको छ ।

साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन

विवरण यो साता गत साता फरक प्रतिशत
अन्य 2,239.45 2,088.22 7.24
जीवन बीमा 13,742.27 13,019.45 5.55
लघुवित्त 5,302.90 5,137.45 3.22
व्यापारिक 4,421.98 4,287.55 3.14
होटल तथा पर्यटन 6,804.94 6,614.67 2.88
बैंकिङ्ग 1,383.26 1,345.21 2.83
वित्त 2,862.13 2,795.67 2.38
लगानी 109.73 107.3 2.26
निर्जीवन बीमा 12,978.96 12,863.96 0.89
उत्पादन तथा प्रशोधन 6,975.90 6,971.49 0.06
म्युचुअल फण्ड 20.18 20.19 -0.05
जलविद्युत् 3,778.59 3,798.12 -0.51
विकास बैंक 5,684.31 5,791.45 -1.85

स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।