सम्पदा लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

Share News

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

फागुन ११ गते साँझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय पनि कम्पनीले गरेको छ । यस कम्पनीले हालसम्म कुनै पनि लाभांश वितरण नगरेको अवस्था छ ।

हाल कम्पनीको चुक्तापूँजी ७० करोड ८ लाख ५८ हजार रुपैयाँ छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य मुनाफा ३ करोड रुपैयाँभन्दा बढी ऋणात्मक छ । यस अवधिसम्म कम्पनीले ६ करोड १७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।

कम्पनीले देशका ४४ ओटा जिल्लामा १५५ शाखा कार्यालयमार्फत १ लाख ७८ हजारभन्दा बढी विपन्न परिवारमा सेवा प्रदान गर्दै आएको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।