काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले माघ २१ गतेदेखि फागुन ५ गतेसम्म आईपीओ निष्कासन गरी फागुन ११ गते बाँडफाँट गरेको हो ।
तोकिएको अवधिभित्र आवेदन दिएका ४८ हजार ३१२ जना आवेदकहरूमध्ये १८ हजार जना आवेदकहरूलाई आईपीओ बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको छ । कम्पनीले सर्वसारणमा निष्कासन गर्ने कुल कित्ता आईपीओमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत आईपीओ बाँडफाँट गरेको हो । यस कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट सर्वसाधारणका लागि आफ्नो जारी पूँजीको ३० प्रतिशत दरले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गर्न माघ ३ गते अनुमति पाएको हो ।
सर्वसाधारणमा जारी हुने कुल कित्ता शेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत शेयर निष्कासन गर्नुपर्ने व्यवस्था बमोजिम कम्पनीले १ लाख ८० हजार कित्ता शेयर बाँडफाँट गरेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सम्पूर्ण कित्ता शेयर बाँडफाँट भएमा कम्पनीले दोस्रो चरणमा ९० हजार कित्ता सामूहिक लगानीकोष र ५४ हजार कित्ता कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी बाँकी १४ लाख ७६ हजार कित्ता भने सार्वजनिक निष्कासनमा ल्याउनेछ ।
यो आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड छ । यो कम्पनी औषधि उत्पादन तथा वितरणसम्बन्धी कार्य गर्ने कम्पनी हो । स्थानीय स्रोत र साधानको उपयोग गर्ने गरी यो कम्पनी स्थापना भएको हो । एलोपेथिक तथा आयुर्वेदिक औषधि उत्पादन तथा आयात गरी विक्री वितरण एवम् प्रवर्द्धन गर्ने कार्य २०८० चैतदेखि गर्दै आएको जानकारी कम्पनीले दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।