नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा मागभन्दा ५.११ गुणा बढी आवेदन, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

Share News

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ११ गतेदेखि निष्कासन गरेको आईपीओमा मागभन्दा ५ दशमलव ११ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार सोमवार १०:०९ बजेसम्ममा ७ लाख १७ हजार ३४५ जना आवेदकले रू. ९४ करोड ४० लाख ४१ हजार बराबरको आवेदन दिएका हुन् । 

कम्पनीको आईपीओमा फागुन १५ गतेसम्म आवेदन दिन पाइनेछ । कम्पनीले गत आइतवारदेखि १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गरेको हो ।

कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाइनेछ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले मेरो शेयरमार्फत आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।