कालिञ्चोक दर्शनले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

Share News

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले शतप्रतिशत अर्थात् १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद शेयर निष्कासन गर्न कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण शिवाकोटीले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले हाल कायम चुक्तापूँजीको प्रतिशेयर १०० रुपैयाँको दरमा ६० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति दिएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ । 

कालिञ्चोक दर्शन लिमिटेडले कालिञ्चोक गाँउपालिका, वडा नं. १, कुरी दोलखामा केबुलकार सञ्चालन गरिरहेको छ ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।