पुसमा घाटामा रहेको मुक्तिनाथ म्युचुअल फण्ड १ माघमा रू.४३ लाख ९१ हजार नाफामा

Share News

काठमाडौं । मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड १ ले माघ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार फण्डले माघ मसान्तमा रू. ४३ लाख ९१ हजार नाफा कमाएको छ । पुस मसान्तमा फण्ड रू. ९४ लाख १७ हजार घाटामा थियो । 

माघ महीनामा फण्डले रू. १ करोड २८ लाख आम्दानी गर्न सफल भएकाले नाफामा रहेको हो । पुस मसान्तमा फण्डको जम्मा आम्दानी रू. २८ लाख ऋणात्मक थियो । 

त्यस्तै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि पुसको तुलनामा माघमा वृद्धि भएको छ । पुस मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ ९२ पैसा रहेकोमा माघ मसान्तमा बढेर १० रुपैयाँ ४ पैसा पुगेको हो ।

त्यस्तै फण्डले पुसको तुलनामा माघमा सूचीकृत शेयरमा लगानी ६६ प्रतिशत बढाएको छ । पुस मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. ३४ करोड ८ लाख लगानी गरेकोमा माघ मसान्तमा बढाएर रू. ५६ करोड ६१ लाख पु¥याएको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।