काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ११ गते देखि निष्कासन गरेको आईपीओमा मंगलवारसम्ममा माग भन्दा ९ दशमलव ५५ गुणा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंगलवार बेलुका ५ः६ बजे सम्ममा १३ लाख ५३ हजार ४२६ जना आवेदकले रू. १ अर्ब ७६ करोड २९ लाख ३० हजार बराबरको आवेदन दिएका हुन ।
कम्पनीको आईपीओमा फागुन १५ गते सम्म आवेदन दिन पाइनेछ । कम्पनीले फागुन ११ गते देखि देखि १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गरेको हो । न्यूनतम १० कित्ताका लागि आवेदन दिन पाउनेछन् भने अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले मेरो शेयर मार्फत आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।