माघमा प्रभु स्मार्ट फण्डको नाफा ४ करोडभन्दा बढीले वृद्धि

Share News

काठमाडौं । प्रभु स्मार्ट फण्डले माघ मसान्तसम्म १७ करोड ५४ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ । 

पुस मसान्तसम्म १३ करोड ४० लाख रुपैयाँभन्दा बढी नाफा गरेको योजनाले माघमा भने ४ करोड १३ लाख रुपैयाँभन्दा बढी नाफा गरेको हो । 

माघ मसान्तसम्म योजनाले १८ करोड ९० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दा १ करोड ३६ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ । पुस मसान्तसम्म भने योजनाले १४ करोड ५८ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दा १ करोड १७ लाख रुपैयाँभन्दा बढी खर्च गरेको थियो । माघमा खर्चको अनुपातमा आम्दानी धेरै बढेकाले योजनाको नाफामा सकारात्मक प्रभाव परेको हो ।

१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १० करोड इकाई जारी गरेको थियो । माघ मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य १२ रुपैयाँ ४३ पैसा रहेको छ । पुस मसान्तसम्मको तुलनामा योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य पनि बढेको हो । पुस मसान्तसम्म योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य १२ रुपैयाँ १ पैसा रहेको थियो ।

धितोपत्रमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित यस योजनाले माघ मसान्तसम्म ९९ करोड ५५ लाख रुपैयाँभन्दा बढी धितोपत्रमा लगानी गरेको छ । योजनाले गरेको लगानीको बजार मूल्य भने १ अर्ब ८ करोड रुपैयाँभन्दा बढी छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।