नेष्डो समृद्ध लघुवित्तको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटललाई निरन्तरता

Share News

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निरन्तरता दिइने भएको छ ।

गत मंगलवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रारमा आगामी एक वर्षसम्मका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि क्यापिटलसँग भएको सम्झौता फागुन २३ गतेदेखि समाप्त हुने भएकाले आगामी १ वर्षसम्मका लागि यसै कम्पनीलाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको जानकारी नेष्डो समृद्ध लघुवित्तले दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।