सात महीनामा जीवन बीमा कम्पनीहरूको व्यवसाय रू. ९५ अर्ब ३८ करोडभन्दा बढी, ९.७९ प्रतिशत बढ्यो

Share News

काठमाडौं । आर्थिक वर्ष २०८१ /८२ को माघ महीनासम्ममा १४ जीवन बीमा कम्पनीहरूले कुल रू.९५ अर्बभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङ्क अनुसार कम्पनीहरूले माघ महीनासम्ममा १ करोड ३४ लाख ७ हजार ४८ वटा बीमा पोलिसी विक्री गरी कुल रू. ९५ अर्ब ३८ करोड ६६ लाख कुल बीमाशुल्क संकलन गरेका हुन् । यो बीमाशुल्क गत आर्थिक वर्ष (आव)को तुलनामा ९ दशमलव ७९ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीहरूले रू. ८६ अर्ब ८८ करोड बीमाशुल्क आर्जन गरेका थिए । 

जीवन बीमा कम्पनीहरूमध्ये दुई कम्पनीको बीमाशुल्क घटेको छ भने बाँकी सबैको बढेको छ । हिमालयन लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीको बीमाशुल्क गत आवको तुलनामा चालू आवमा घटेको हो । 

यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक रू. २६ अर्बभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको तुलनामा १२ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. २३ अर्ब २० करोड बीमाशुल्क आर्जन गरेको थियो । 

रकमका आधारमा सर्वाधिक बीमाशुल्क आर्जन गर्ने जीवन बीमा कम्पनीको सूचीमा दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स छ । कम्पनीले रू. ११ अर्ब २३ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।