नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ १९ लाखभन्दा बढीले भरे, मागभन्दा १३.२७ गुणा बढी आवेदन

Share News

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ११ गतेदेखि निष्कासन गरेको आईपीओमा अन्तिम दिन आज (बिहीवार)सम्म मागभन्दा १३ दशमलव २७ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार बिहीवार बेलुका ५ः७ बजेसम्ममा १९ लाख ९७७ जना आवेदकले रू. २ अर्ब ४४ करोड ८३ लाख २२ हजार बराबरको आवेदन दिएका हुन् । 

कम्पनीले फागुन ११ गतेदेखि देखि आज (फागुन १५ गते)सम्म १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गरेको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।