काठमाडौं । अकामा होटेल लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ ।
फागुन १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित चैत ३ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय धुम्वाराही, काठमाडौंमा बिहान ११ः३० बजे शुरु हुनेछ । सभाले कम्पनीको ऐनको दफा ५६ को उपदफा १ (ख) बमोजिम अंकित मूल्य परिवर्तन गर्ने प्रस्ताव पारित गर्नेछ । आईपीओपछि कम्पनीको चुक्तापूँजी परिवर्तन हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
आईपीओ निष्कासनलगायत आगामी दिनमा नियामक निकायबाट प्राप्त निर्देशन कार्यान्वयनका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
काठमाडौंको धुम्बाराहीमा रहेको यो होटल ५ तारे डिलक्स हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।