काठमाडौं । मौलाकाली केवलकार लिमिटेडले माघ १२ गतेदेखि विक्रीमा ल्याएको ५० प्रतित हकप्रद शेयर खरीद गर्ने अवधि १५ दिन थप भएको छ ।
कम्पनीको पुस ७ गते सम्पन्न आठौं वार्षिक साधारण सभाले सो मितिसम्म कायम रहेका शेयरधनीहरूका लागि १ बराबर शून्य दशमलव ५ शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेबमोजिम विक्री प्रक्रिया अघि बढाएको हो ।
प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा जारी भएको यो हकप्रद खरीदका लागि सम्बन्धित शेयरधनीहरूले आगामी १५ दिनभित्र रकम जम्मा गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । यो कम्पनीले सर्वसाधारणका लागि आईपीओसमेत निष्कासन गर्ने तयारी गरेको छ ।
सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि कम्पनीले संस्थापकमा हकप्रद शेयर विक्री गरेको हो । आईपीओ जारी गर्ने प्रस्ताव भने कम्पनीले २०८० पुस २७ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।