स्वयम्भू महोत्सव : वडावासीका संस्कार र संस्कृति झल्काइँदै

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । काठमाडौंको स्वयम्भूस्थित भुइँखेल चौर र धर्मचक्र पार्कमा ‘स्वयम्भू महोत्सव २०८१’ चलिरहेको छ । 

धार्मिक, सांस्कृतिक, सामाजिक संरचना, रीतिथिति, परम्परा, प्राचीन स्मारकको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिका वडा नम्बर १५ ले महोत्सव आयोजना गरेको हो । 

फागुन १० मा शुरु भएको उक्त महोत्सवमा परम्परागत बाजा, वडावासीका जन्मदेखि मृत्युपर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, बुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा प्रदर्शनीमा राखिएका छन् । 

महोत्सवमा मौलिक खानाका स्टलसमेत राखिएका छन् । महोत्सवमा स्वास्थ्य परीक्षणको पनि व्यवस्था गरिएको छ । 

महोत्सवमा हरेक दिन साँझ सांगीतिक प्रस्तुति हुने गरेको छ । महोत्सव भोलि (शनिवार)सम्म सञ्चालन हुनेछ ।

हेर्नुस् तस्वीरहरू

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।