सातामा करीब ३ प्रतिशत बढ्दो धितोपत्र बजार, करीब ४४ अर्बको कारोबार

Share News

काठमाडौं । गत सातादेखि बढेको दोस्रो बजार यो साता पनि निरन्तर बढेको छ । गत साताको कारोबारमा समेत निरन्तर बढेर २ हजार ७४३ दशमलव ७४ विन्दुमा बन्द भएको बजार यो साता पनि निरन्तर बढेर २ हजार ८१५ दशमलव शून्य ४ विन्दुमा बन्द भएको हो । गत साताको तुलनामा यो साता दोसो बजार २ दशमलव ६० प्रतिशत अर्थात् ७१ दशमलव ३० अंक माथि उक्लिएको हो । 

लामो समयदेखि माथि जान नसकेको बजार माघ २९ गतेदेखि भने बढ्दो क्रममा छ । बैंक तथा वित्तीय संस्थामा ब्याजदर घटेको लामो समयसम्म पनि बढ्ने सम्भावना नदेखेका लगानीकर्ता अब धितोपत्र बजारप्रति नै आकर्षित भएको देखिन्छ । 

बैंकमा पर्याप्त तरलता भइरहँदा लगानी बढ्न नसेको अवस्थालाई हेरेर तत्काल बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाउने सम्भावना नदेखेपछि शेयर बजारमा लगानी बढाएको एक लगानीकर्ताले बताए । पछिल्लो समय निष्क्रिय लगानीकर्ता पनि सक्रिय हुन थालेको जानकारी ब्रोकरहरूले पनि दिएका छन् । बैंकको ब्याजदर केही समय बढ्ने सम्भावना नरहेको उनीहरूको भनाइ छ । 

यो साता ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स २ दशमलव ५९ प्रतिशत बढेर ४६९ दशमलव ८२ विन्दुमा पुगेको छ । गत साताको तुलनामा यो साता कारोबार रकम १३ दशमलव ८७ प्रतिशत र कारोबार कित्ता १८ दशमलव ४४ प्रतिशत बढेको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार गत साता ३८ अर्ब ५६ करोड ४६ लाख रुपैयाँभन्दा बढीको ७ करोड २९ लाख ३२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता ४३ अर्ब ९३ करोड ५५ लाख रुपैयाँभन्दा बढीको ८ करोड ६३ लाख ८२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । कुल कारोबार रकम गत साताभन्दा यो साता ५ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी र कारोबार कित्ता १ करोड ३४ लाख ४९ हजारभन्दा बढी भएको हो ।

औसतमा पनि कारोबार रकम बढेको छ । गत साता औसतमा ९ अर्ब ६४ करोड ६१ लाख रुपैयाँभन्दा बढीको १ करोड ८२ लाख ३३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता औसतमा १० अर्ब ९८ करोड ३८ लाख रुपैयाँभन्दा बढीको २ करोड १५ लाख ९५ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । औसत कारोबार रकम १ अर्ब ३३ करोड ७७ लाख रुपैयाँभन्दा बढी र कारोबार कित्ता ३३ लाख ६२ हजारभन्दा बढी भएको हो । 

बजार बढ्दा लगानीकर्ताहरूको सम्पत्ति मूल्य अर्थात् कुल बजार पूँजीकरण ४६ खर्ब ७४ अर्ब २४ करोड ८९ लाख रुपैयाँ कायम भएको छ । गत साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण ४५ खर्ब ५४ अर्ब ८१ करोड ५१ लाख रुपैयाँ थियो । यो साताको कारोबारमा कुल बजार पूँजीकरण १ खर्ब १९ अर्ब ४३ करोड ३८ लाख रुपैयाँले बढेको हो ।

सातागत परिसूचकको तुलना

 

विवरण यो साता गत साता फरक फरक प्रतिशत
नेप्से परिसूचक (अंक) 2,815.04 2,743.74 71.3 2.6
सेन्सेटिभ इन्डेक्स (अंक) 469.82 457.98 11.84 2.59
कारोबार रकम (रू. हजारमा) 43,935,590.42 38,584,656.91 5,350,933.50 13.87
कारोबार कित्ता 86,382,107.00 72,932,916.00 13,449,191.00 18.44
औसत कारोबार रकम (रू. हजारमा) 10,983,897.60 9,646,164.23 1,337,733.38 13.87
औसत कारोबार कित्ता 21,595,526.75 18,233,229.00 3,362,297.75 18.44
कुल बजार पूँजीकरण (रू. दश लाखमा) 4,674,248.97 4,554,815.15 119,433.82 2.62

स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

अन्य समूहको परिसूचक साढे १० प्रतिशत बढ्यो, व्यापारिक समूहको करीब ३ प्रतिशत घट्यो 

यो साता करीब ३ प्रतिशत बढेको बजारमा व्यापारिक समूहसँगै पाँच समूहको परिसूचक घटेको छ । यो साता व्यापारिक समूहको परिसूचक २ दशमलव ९१ प्रतिशत घटेको हो । त्यस्तै वित्तको २ दशमलव शून्य ९ प्रतिशत, लघुवित्तको शून्य दशमलव ५५ प्रतिशत, होटल तथा पर्यटनको शून्य दशमलव २२ प्रतिशत र निर्जीवन बीमाको शून्य दशमलव १९ प्रतिशत परिसूचक घटेको हो ।

यो साता अन्य समूहको परिसूचक १० दशमलव ५१ प्रतिशत बढेको छ । अन्य समूह अन्तर्गतका पुनर्बीमा कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण बढ्दा परिसूचकमा सकारात्मक प्रभाव परेको हो । 

अन्य समूहसँगै उत्पादन तथा प्रशोधनको ७ दशमलव शून्य १ प्रतिशत, लगानीको ४ दशमलव ४३ प्रतिशत, बैंकिङको ३ दशमलव ४८ प्रतिशत, जीवन बीमाको १ दशमलव ५६ प्रतिशत, जलविद्युतको १ दशमलव शून्य ७ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८२ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ३५ प्रतिशत परिसूचक बढेको छ ।्

साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन

विवरण यो साता गत साता फरक प्रतिशत
अन्य 2,474.87 2,239.45 10.51
उत्पादन तथा प्रशोधन 7,464.71 6,975.90 7.01
लगानी 114.59 109.73 4.43
बैंकिङ्ग 1,431.34 1,383.26 3.48
जीवन बीमा 13,957.01 13,742.27 1.56
जलविद्युत् 3,818.93 3,778.59 1.07
विकास बैंक 5,731.07 5,684.31 0.82
म्युचुअल फण्ड 20.25 20.18 0.35
निर्जीवन बीमा 12,954.18 12,978.96 -0.19
होटल तथा पर्यटन 6,790.27 6,804.94 -0.22
लघुवित्त 5,273.97 5,302.90 -0.55
वित्त 2,802.27 2,862.13 -2.09
व्यापार 4,293.47 4,421.98 -2.91

स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।