संस्थापकले किनेनन् कुमारी बैंकको २ हजारभन्दा बढी कित्ता संस्थापक शेयर, सर्वसाधारणले खरीद गर्न पाउने

Share News

काठमाडौं । कुमारी बैंकले २ हजार ९३६ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा जारी गरेको छ । विद्यमान संस्थापक शेयरधनीहरूले नकिनेपछि बैंकले उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा जारी गरेको हो । 

कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा यी शेयर विक्री गर्न ३५ दिने सूचना जारी गरेको थियो । सो समयमा विक्री नभएपछि यी शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न पुनः ३५ दिने सूचना जारी गरिएको हो ।

इच्छुक लगानीकर्ताले तोकिएको अवधिभित्र कम्पनीको केन्द्रीय कार्यालय नक्साल, नागपोखरी, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय टंगाल, काठमाडौंमा शेयर खरीदका लागि आवेदन पेश गर्न सक्नेछन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।