सांग्रिला डेभलपमेन्ट बैंकले सर्वसाधारणका लागि विक्रीमा ल्यायो ४३ हजारभन्दा बढी कित्ता संस्थापक शेयर

Share News

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ४३ हजार १२६ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्री खुला गरेको छ । फागुन २० गते तीन संस्थापक शेयरधनीहरूको नाममा रहेको उल्लेखित कित्ता शेयर विक्रीका लागि कम्पनीले सूचना जारी गरेको हो ।

यसअघि यी शेयर विक्रीका लागि विद्यमान संस्थापक शेयरधनीहरूमा ३५ दिने सूचना जारी गरी सकिएको जानकारी कम्पनीले दिएको छ । पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूले खरीद नगरेपछि दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गर्न लागिएको हो ।

इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।