होटल तथा पर्यटन क्षेत्रका सात कम्पनीले रू.३ अर्ब ३१ करोड बराबरको आईपीओ निष्कासन गर्दै

Share News

काठमाडौं । होटल तथा पर्यटन क्षेत्रका सात कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएका छन् । सात कम्पनीले कुल रू. ३ अर्ब ३१ करोड १० लाख बराबरको ३ करोड ५३ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन । 

सात कम्पनीमध्ये अकामा होटलले  प्रतिकित्ता ५० मा  ४५ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । बाँकी छ कम्पनीले अंकित मूल्यमै आईपीओ निष्कासन गर्न निवेदन दिएका हुन । 

 सबैभन्दा बढी अर्किड होल्डिङ लिमिटेडले १ करोड १५ लाख कित्ता आईपीओ निष्कासन सेबोनमा निवेदन दिएको हो । 

त्यस्तै होटल फरेष्ट इनले ९८ लाख, अन्नपूर्ण केबलकारले ३१ लाख, बन्दीपुर केबल कार एण्ड टुरिजमले ३० लाख ६० हजार , एपेक्स हस्पिटालिटीले २४ लाख र ठमेल प्लाजा होटलले १० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेका हुन । सेबोनबाट स्वीकृती पाएपछि मात्रै यी कम्पनीले आईपीओ निष्कासन गर्नेछन् । हाल नेप्सेमा यस समूहमा ६ कम्पनी सूचीकृत छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।