नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट शुक्रवारलाई तय, १७ लाख १६ हजार भन्दा बढीको हात खाली हुने

Share News

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट शुक्रवार हुने भएको छ । विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार शुक्रवार बिहान ८ः३० बजे आफ्‌नै कार्यालय लाजिम्पाट काठमाडौंमा बाँडफाँट हुने जनाएको हो । 

यस कम्पनीको आईपीओ जम्ममा १ लाख ८४ हजार ५ सय जना आवेदकले १० कित्ताका दरले पाउनेछन् । यस आधारमा १७ लाख १६ हजार भन्दा बढीको हात खाली हुने भएको छ । 

कम्पनीले फागुन ११ गते देखि १५ गते सम्म निष्कासन गरेको आईपीओमा अन्तिम दिनसम्म माग भन्दा १३ दशमलव २७ गुणा बढी आवेदन परेको थियो  ।

 सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिनसम्ममा १९ लाख ९७७ जना आवेदकले रू. २ अर्ब ४४ करोड ८३ लाख २२ हजार बराबरको आवेदन दिएका हुन । 

कम्पनीले फागुन ११ गते देखि देखि फागुन १५ गते सम्म १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गरेको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।