विद्यमान संस्थापकले मात्र खरीद गर्न पाउने गरी विक्रीमा आयो कुमारी बैंकको ८१ हजारभन्दा बढी संस्थापक शेयर

Share News

काठमाडौं । कुमारी बैंक लिमिटेडले ८१ हजार ८४४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । फागुन २२ गतेदेखि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नागपोखरी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

यी शेयरको विक्री मूल्य विक्रेताले तोकेबमोजिम हुने जानकारी कम्पनीले दिएको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन पेश नगरेमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।