निकासीको दोस्रो स्थानमा रहेको अम्रिसो (कुचो) को निकासी आव २०७९/८० भन्दा पहिले भारत र बंगलादेशमा हुने गरेकोमा पछिल्ला वर्षहरूमा भारतमा मात्र निकासी हुने गरेको छ ।
केही यस्ता उत्पादन छन् जो वनजन्य उत्पादनसँग सम्बद्ध छन् र कम लगानीमा पाखो जमीनमा सहजै उत्पादन गर्न सकिने खालका छन् । यिनको उत्पादन बढाई थप निकासी गर्दा लक्षित बजारको माग कस्तो आकारको छ त्यसमा ध्यान दिनु जरुरी हुनेछ ।
नेपालबाट विदेशमा निर्यात हुने प्रमुख वस्तुहरूमा केही उतारचढावका बीच ऊनी गलैंचा, अलैंची, भटमासको तेल, सूर्यमुखी तेल, कालो चिया आदि रहिआएका छन् । आव २०८०/८१ मा ऊनी गलैंचा, अलैंची, कर्कटपाता जस्ता वस्तुको निर्यात अग्रस्थानमा देखिएकोमा चालू आवको प्रथम सात महीनामा भटमासको तेल, सूर्यमुखी तेल, उनी गलैंचा, अलैंची र कालो चिया अग्रस्थानमा देखिएका छन् । यी प्रमुख रूपमा देखिएका निकासी हुने वस्तुबाहेक केही यस्ता उत्पादन छन् जो वनजन्य उत्पादनसँग सम्बद्ध छन् र कम लगानीमा पाखो जमीनमा सहजै उत्पादन गर्न सकिने खालका छन् । यिनको उत्पादन बढाई थप निकासी गर्दा लक्षित बजारको माग कस्तो आकारको छ त्यसमा ध्यान दिनु जरुरी हुनेछ ।
गत आवमा रू. १९ अर्ब ६७ करोड ३ लाख मूल्य बराबरको मोटरको पिकअप पावर ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका विद्युतीय कार, जीप, भ्यान आयात भएको थियो ।
यहाँ उल्लेख गर्न खोजिएका वस्तुहरूमा हार्मोनाइज्ड कोड १४०४९०१० देखि १४०४९०८० सम्मका छन् । यी कोडअन्तर्गत अन्यत्र उल्लेख वा समावेश नभएका वनस्पति उत्पादनमध्येका उत्पादन पर्छन् । यस लेखमा आव २०८०/८१ को निकासी तालिकामा बीसौं स्थानमा रहेको खयर कत्था, उनन्तीसौं स्थानमा रहेको अम्रिसो (कुचो), ११७औं स्थानमा रहेको अर्धतयारी खयर कत्था (कत्था रस), १३० औं स्थानमा रहेको रिट्ठा (सोप नट) र १६० औं स्थानमा रहेको रूद्राक्ष दानालाई समावेश गरिएको छ । यी मध्ये पनि प्रमुख निर्यात हुने खयर कत्था गत आवमा करीब २ अर्ब मूल्य बराबरको निर्यात भएको थियो भने चालू आवको प्रथम सात महीनामा मात्र रू. १ अर्ब १६ करोडको निर्यात भइसकेको छ । यी मध्येको दोस्रो स्थानमा रहेको कुचो घाँस अम्रिसोको निर्यात गत आवमा रू. १ अर्ब ३३ करोड भएकोमा चालू आवको प्रथम सात महीनामा रू. ७० करोड मूल्य बराबरको निर्यात भइसकेको छ । भन्सार विभागको तथ्यांकले देखाएअनुसार विगत ४ वर्षमा यी वस्तुको निर्यातमा वृद्धि भइरहेको छ ।
देशगत रूपमा हेर्दा विगत सबै वर्षहरूमा खयर कत्था उल्लिखित वस्तुहरूमध्ये सबैभन्दा उच्च निर्यात मूल्यको वस्तुमा पर्छ । साथै यसैसँग सम्बद्ध अर्धतयारी खयर कत्था (कत्था रस) समेतको निकासी पूर्णतया भारतमा हुने गरेको छ । निकासीको दोस्रो स्थानमा रहेको अम्रिसो (कुचो) को निकासी आव २०७९/८० भन्दा पहिले भारत र बंगलादेशमा हुने गरेकोमा पछिल्ला वर्षहरूमा भारतमा मात्र निकासी हुने गरेको छ । रूद्राक्षको निर्यात केही मात्रामा अन्य देशमा देखिए पनि स्थिर रूपमा पहिलो भारत, दोस्रो चीन र तेस्रोमा संयुक्त राज्य अमेरिकामा निर्यात हुने गरेको देखिन्छ । यसै गरी रिट्ठा (सोप नट) को निकासी प्रमुख रूपमा भारतमा र दोस्रोमा विभिन्न देशहरूमा हुने निर्यातमा उतारचढाव देखिन्छ । खास गरी यूरोपका देशहरू, अमेरिका, जापान, कोरिया र चीनमा यसको निर्यात भएको देखिन्छ ।
लेखक तथ्यांकशास्त्री एवं भन्सार विभागका पूर्वकर्मचारी हुन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।