काठमाडौं । अघिल्ला ९ कारोबार दिन निरन्तर बढेको नेप्से परिसूचक पछिल्ला चार कारोबार दिन निरन्तर घटेर बन्द भएको छ ।
बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको जानकारी अनुसार गत साताको अन्तिम कारोबार दिन २ हजार ८१५ दशमलव शून्य ४ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ८१८ दशमलव ४३ विन्दुमा बन्द भएको हो ।
गत साताभन्दा यो साता नेप्से परिसूचक ३ दशमलव ३९ अंकले मात्र माथि पुगेको हो । यो साता पाँच कारोबार दिनमा बजार चार कारोबार दिन निरन्तर घटेको छ । एक कारोबार दिन बढ्दा पनि नेप्से परिसूचक गत साताभन्दा माथि नै रहन सफल भएको हो ।
यो साता पहिलो कारोबार दिन ७५ दशमलव २४ अंक अर्थात् २ दशमलव ६७ प्रतिशत बढेकोमा दोस्रो दिन १३ दशमलव ६२ अंक, तेस्रो दिन ३० दशमलव ३६ अंक, चौथो दिन २५ दशमलव १६ अंक र पाँचौ दिन २ दशमलव ७० अंक बजार घटेको हो ।
गत साताको तुलनामा यो साता महत्त्वपूर्ण सबै परिसूचकहरू बढेको देखिन्छ । गत साताभन्दा यो साता कारोबार रकम ४२ दशमलव ३८ प्रतिशत र कारोबार कित्ता ४९ दशमलव ५५ प्रतिशत बढेको छ ।
लामो समय निरन्तर बजार बढ्दा लगानीकर्ताले पछिल्लो कारोबार दिन भने निरन्तर नाफा बुक गरेको ब्रोकरहरू बताउँछन् । निरन्तर चार कारोबार दिन घटेको बजारमा सस्तो सम्झेर शेयर किन्नेहरू पनि बढेको जानकारी ब्रोकरहरूले दिएका छन् ।
गत साता ४३ अर्ब ९३ करोड ५५ लाख रुपैयाँभन्दा बढीको ८ करोड ६३ लाख ८२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको बजारमा यो साता भने ६२ अर्ब ५५ करोड ५९ लाख रुपैयाँभन्दा बढीको १२ करोड ९१ लाख ८२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
औसतमा यो साता कारोबार रकम करीब १४ प्रतिशत र कारोबार कित्ता करीब २० प्रतिशत बढेको छ । गत साता औसतमा १० अर्ब ९८ करोड ३८ लाख रुपैयाँभन्दा बढीको २ करोड १५ लाख ९५ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता औसतमा १२ अर्ब ५१ करोड ११ लाख रुपैयाँभन्दा बढीको २ करोड ५८ लाख ३६ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
यो साता कुल बजार पूँजीकरण ५ अर्ब ६३ करोड ६२ लाख रुपैयाँले बढेर ४६ खर्ब ७९ अर्ब ८८ करोड ५२ लाख रुपैयाँ कायम भएको छ । गत साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण ४६ खर्ब ७४ अर्ब २४ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।
सातागत परिसूचकको तुलना
विवरण | गत साता | अघिल्लो साता | फरक | फरक प्रतिशत |
नेप्से परिसूचक (अंक) | 2,818.43 | 2,815.04 | 3.39 | 0.12 |
सेन्सेटिभ इन्डेक्स (अंक) | 470.6 | 469.82 | 0.78 | 0.17 |
कारोबार रकम (रू. हजारमा) | 62,555,952.43 | 43,935,590.42 | 18,620,362.01 | 42.38 |
कारोबार कित्ता | 129,182,539 | 86,382,107 | 42,800,432 | 49.55 |
औसत कारोबार रकम (रू. हजारमा) | 12,511,190.49 | 10,983,897.60 | 1,527,292.88 | 13.9 |
औसत कारोबार कित्ता | 25,836,507.80 | 21,595,526.75 | 4,240,981.05 | 19.64 |
कुल बजार पूँजीकरण (रू. दश लाखमा) | 4,679,885.24 | 4,674,248.97 | 5,636.27 | 0.12 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाए, लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाए
यो साता केही सकारात्मक बनेको बजारमा पाँच समूहगत परिसूचक मात्र बढेका छन् । विकास बैंकको परिसूचक सर्वाधिक ३ दशमलव १५ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधनको २ दशमलव शून्य ४ प्रतिशत, जीवन बीमाको २ दशमलव शून्य २ प्रतिशत, अन्यको १ दशमलव ६३ प्रतिशत र निर्जीवन बीमाको १ दशमलव १४ प्रतिशत बढेको छ ।
गत साताको अन्तिम कारोबार दिनको तुलनामा यो साताको अन्तिम कारोबार दिनसम्ममा लघुवित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव ३४ प्रतिशत घटेको छ ।
त्यस्तै म्युचुअल फण्डको १ दशमलव १४ प्रतिशत, बैंकिङको शून्य दशमलव ९४ प्रतिशत, जलविद्युतको शून्य दशमलव ७९ प्रतिशत, वित्तको शून्य दशमलव ७० प्रतिशत, व्यापारिकको शून्य दशमलव ४४ प्रतिशत, लगानीको शून्य दशमलव ४३ प्रतिशत र होटल तथा पर्यटनको शून्य दशमलव ३३ प्रतिशत परिसूचक घटेको छ ।
परिसूचकमा आएका घटबढका आधारमा यो साता विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने लघुवित्त समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन
विवरण | यो साता | गत साता | फरक प्रतिशत |
विकास बैंक | 5,911.61 | 5,731.07 | 3.15 |
उत्पादन तथा प्रशोधन | 7,616.93 | 7,464.71 | 2.04 |
जीवन बीमा | 14,238.42 | 13,957.01 | 2.02 |
अन्य | 2,515.19 | 2,474.87 | 1.63 |
निर्जीवन बीमा | 13,101.46 | 12,954.18 | 1.14 |
होटल तथा पर्यटन | 6,768.06 | 6,790.27 | -0.33 |
लगानी | 114.1 | 114.59 | -0.43 |
व्यापार | 4,274.47 | 4,293.47 | -0.44 |
वित्त | 2,782.59 | 2,802.27 | -0.7 |
जलविद्युत् | 3,788.63 | 3,818.93 | -0.79 |
बैंकिङ्ग | 1,417.90 | 1,431.34 | -0.94 |
म्युचुअल फण्ड | 20.02 | 20.25 | -1.14 |
लघुवित्त | 5,203.46 | 5,273.97 | -1.34 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।