होली नजिकिएसँगै बढ्यो चहलपहल, आयातित सामग्री किन्दै उपभोक्ता [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । होली नजिकिएसँगै बजारमा रङ, पिचकारी लगायतका सामग्री किन्ने ग्राहक बढेका छन् । सोमवार (आज) बिहान काठमाडौंको असनस्थित एक पसलमा यिनै सामग्री किन्न आउने ग्राहक देखिएका थिए । 

पछिल्लो समय भने होलीमा रङ, बेलुन, पिचकारीलगायत सामग्री मात्रै होइन, टि-सर्टको विक्रीसमेत हुने गरेको छ । यो बेला सेतो रङको 'ह्याप्पी होली' लेखिएको टि-सर्ट लगाउने प्रचलन छ । पछिल्लो समय यो ट्रेन्ड अझै विस्तार भएको पाइन्छ ।

यस वर्ष होली फागुन २९ गते (पहाडी जिल्लामा) र चैत १ गते (तराईमा) परेको छ । प्रत्येक वर्षको फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली आरम्भ हुन्छ । तर तराई भेगमा भने पूर्णिमाको दिन होलिका दहन गरेपनि भोलिपल्ट (प्रतिपदाको दिन) होली मनाउने चलन छ । 

होली रङहरूको पर्व हो । यो दिन सेतो रङको पहिरनमा सजिएर एक अर्कामा रङ लगाउँदै खुशीयाली बाँडिन्छ । 

होली पर्व शुरु भएसँगै बजारमा रङ, पिचकरी, लोला, बेलुन र होली विशेष टि–सर्ट लगायत सामानहरूको व्यापार बढ्ने गरेको व्यापारी बताउँछन् । होलीका लागि पिचकरी, लोला, बेलुन भारतबाट आयात गरिन्छ ।

हेर्नुस् तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।